धनुषाको सुकुमवासी वस्तीमा नेकपा

धनुषाको सुकुमवासी वस्तीमा नेकपा

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषाले जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा – ५, सेलारको सुकुम्बासी बस्तीमा एक कार्यक्रम गरेको छ । कार्यक्रमलाइ सम्बाेधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय मधेसी मुक्ति मोर्चाका अध्यक्ष देवनारायण शाहले सुकुम्बासीको सम्पूर्ण समस्याको समाधान वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव हुने बताए । कार्यक्रममा सामना परिवारका संयोजक सरलले सुकुम्बासीलाई राज्यले दमन गर्ने नीति अघि सारेकाले सम्पुर्ण सुकुम्बासी जनसमुदायलाई एकताबद्ध भई कडा संघर्ष गर्न आह्वान गरेका थिए ।कार्यक्रममा सामना साँस्कृतिकका कलाकारहरूले विविध साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन लक्ष्मणले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :