रोल्पाको इरिवाङमा नेकपाको बैठक तथा प्रशिक्षण

रोल्पाको इरिवाङमा नेकपाको बैठक तथा प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासविच विप्लवको गाउँ रोल्पाको इरिवाङमा राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । गाउँ समिति सेक्रेटरी हरिको अध्यक्षता तथा संचालनमा भएको कार्यक्रममा नेकपा रोल्पा ईन्चार्ज दिनेश बिक्रम चन्द प्रमुख अतिथि थिए भने पूर्व ईन्चार्ज सन्तोष सुवेदी विशिस्ट अतिथि र जिल्ला सेक्रेटरी शोभाराम राना अतिथि थिए ।

प्रशिक्षणमा सहभागीहरुलाई अतिथिहरूले पार्टीको नयाँ नीति तथा कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । शनिबार सम्पन्न उक्त प्रशिक्षण तथा बैठकमा राजनीतिक बैचारिक, संगठन, आर्थिक लगायतका विभिन्न विषयहरुमा महत्पूर्ण निर्णय गरिएको छ । उक्त गाउँ समितिका सेक्रेटरी हरि खड्काको नेतृत्वमा १० सदस्यीय, महेन्द्रको कमान्डमा ९ सदस्यीय र सम्झनाको कमान्ड ८ सदस्यीय एकीकृत जनदिशा अभियान टोलिको गठन गरिएको छ ।

प्रशिक्षण सहभागीहरुले पार्टीको योजनालाई कार्यान्वयन गर्न उत्साहित बनाएको भन्दै जनसमुदायको बीचमा जाने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :