युवा सङ्गठन नेपाल दार्जुलाको जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल दार्जुलाको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ :नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन नेपाल दार्जुलाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको सम्मेलनले जीवन विष्टको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

सम्मेलनमा युवा संगठन नेपाल, सेतीमहाकाली ब्युरो संयोजक श्याम भट्ट प्रमुख अतिथि थिए भने नेपाल कम्युनिष्ट पार्टीका दार्जुला इन्चार्ज किरण र सेक्रेटरी विरेन्द्र विक ‘विक्रम’ विशेष अतिथि थिए ।

कार्यक्रममा बोल्दै युवा संगठन नेपाल, सेतीमहाकाली ब्युरो संयोजक श्याम भट्टले अहिलेको गतिहिन राजनीतिक परिस्थितिलाई परिवर्तन गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले समाजमा व्याप्त हत्या, हिंसा, बलात्कार जस्ता विकृति र विसंगतिका विरुद्ध एक पटक युवाहरु सडक संघर्ष गर्न आवश्यक रहेको पनि बताए ।

नेपाल कम्युनिष्ट पार्टीका दार्जुला इन्चार्ज किरण र सेक्रेटरी विरेन्द्र विक ‘विक्रम’ ले पार्टीको धारणा राख्दै नेपालमा समाजवादी व्यवस्था स्थापना आवश्यक रहेको बताए । उनीहरुले सम्पूर्ण राजनीतिक पार्टीहरु पार्टीगत र गुटगत स्वार्थभन्दा माथि उठेर जनतालाई व्यवस्था फेर्ने अधिकार दिनुपर्ने बताए । समाजवादी व्यवस्था चुन्नका लागि जनतालाई अधिकार दिनुपर्ने पार्टीको धारणालाई जनतासम्म पु¥याउन आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :