जनगणतान्त्रिक सम्पर्क मञ्चको बैठक सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको बैठक सम्पन्न

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत रहेको जनवर्गीय संगठन जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिको बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

पार्टीमा लगाएको प्रतिबन्ध हटेसँगै विभिन्न कार्यक्रम गर्दै आएको सम्पर्क मञ्चले पहिलो केन्द्रीय समिति बैठक गरेको हाे । मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि उपत्यका ब्युरो इन्चार्ज मिलन रहेको सम्पर्क मञ्चले जनाएको छ ।

शनिबार सम्पन्न बैठकले संगठनको आगामी संरचना संगठन विस्तार जिल्लाहरुको नेतृत्व लगायत महत्वपूर्ण विषयमा निर्णय लिइएको मन्चले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :