काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । संगठन विस्तार गर्ने क्रममा बुधवार बुटवलस्थित जेन टेक्निकल कलेजमा महेन्द्र घर्तीको अध्यक्षतामा ९ सदस्यीय इकाई कमिटी निर्माण गरेको छ ।
संगठन विस्तारको क्रममा संगठनका रूपन्देही जिल्ला कार्यवाहक अध्यक्ष इन्दु वलीले शैक्षिक क्षेत्रमा देखिएको निजिकरण, व्यापारीकरण र माफियाकरण अन्त्यको निमित्त सम्पूर्ण विद्यार्थीहरू संगठनमा संगठित भई कडा संघर्ष गर्नुपर्ने बताए । उनले वर्तमान संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापनार्थको लागि विद्यार्थीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताए ।
अखिल (क्रान्तिकारी) रूपन्देही जिल्लाको २४ औँ जिल्ला सम्मेलन यहीँ चैत २९ गते हुने बताइएको छ ।