रुपन्देहीमा अखिल (क्रान्तिकारी) द्वारा भित्तेलेखन

रुपन्देहीमा अखिल (क्रान्तिकारी) द्वारा भित्तेलेखन

रूपन्देही : नेपाल कमयुनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले भित्तेलेखन कार्यलाई निरन्तरता दिएको छ । बुधबार संगठनका कार्यवाहक जिल्ला अध्यक्ष इन्दु वलीको नेतृत्वमा संगठनको २२ औँ राष्ट्रिय सम्मेलन तथा रूपन्देही जिल्लाको २४ औँ जिल्ला सम्मेलनको तयारी स्वरूप विभिन्न सार्वजनिक स्थल र सहरका चोकका भित्ताहरूमा विभिन्न नाराहरू लेखेको वलीले बताए ।

नाराहरूमा वैज्ञानिक समाजवादी शिक्षाको स्थापना गरौं, शैक्षिक माफिया होसियार, अखिल (क्रान्तिकारी) जिन्दावाद, २२ औँ राष्ट्रिय सम्मेलन सफल पारौं, निजि शिक्षा बन्द गर, दलालाहरू होसियार, एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका नाराहरू लेखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :