अखिल (क्रान्तिकारी) उदयपुरद्वारा लकडाउनको समयको शुल्क असुली फिर्ता गर्न माग

अखिल (क्रान्तिकारी) उदयपुरद्वारा लकडाउनको समयको शुल्क असुली फिर्ता गर्न माग

अखिल (क्रान्तिकारी) उदयपुरले निजी तथा सामुदायिक विद्यालयले लकडाउनकोे समयको समेत शुल्क असुली गर्ने कार्य तुरुन्त बन्द गरि असुली गरिएको शुल्क फिर्ता गर्न र विभिन्न बहानामा गैर कानुुनी ढंगबाट विद्यालयले असुल गर्ने शुल्क समेत बन्द गर्न जोडदार माग गरेको छ ।
अखिल (क्रान्तिकारी) उदयपुरका अध्यक्ष देहज क्षेत्रीले यदी यस विषयलाई बेवास्ता गरिए आम विद्यार्थीसहित संगठन संघर्षमा जान बाध्य हुने चेतावनी विज्ञप्तिमा दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको समयमा केही निजी शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरेता पनि त्यो प्रभावकारी हुन सकेन । सबै चौपट भएको बेला राज्यबाट राहतको केही काम हुन सकेन । उल्टो अहिले आएर निजी र विद्यालयले शैक्षिक क्षेत्र खुल्न थालेपछि विभिन्न बहानामा लकडाउन अवधिभरको शुल्क लिइरहदा समेत सरकार र सम्बन्धित निकाय मुकदर्शक बनिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :