काठमाडौँ : बैतडी जिल्लाकी दोडकेदार ७ कि १२ कक्षामा अध्ययनरत १७ बर्षीया किशोरी भागरथी भट्टको बलत्कार पछि हत्यामा संलग्न आरोपीलाई पक्राउ गरी आज बुधबार सुदूरपश्चिम प्रहरीले सार्वजनिक गरेकोछ ।
भागरथीको बलत्कार र हत्या अभियोगमा उनकै छिमेकी सनातन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
दिनेशले आफूले गरेको अपराध स्वीकार गरी प्रहरी समक्ष साविती बयान दिएको पत्रकार सम्मेलनमा बताइएको छ । भागरथी भट्टको बलात्कार र हत्याको सर्वत्र विरोध भइरहेकोछ ।
प्रतिक्रिया दिनुहोस्