भोली बुटवलमा बृहत जनसभा हुने

भोली बुटवलमा बृहत जनसभा हुने

काठमाडौँ : रणनीतिक संयुक्त मोर्चाको आयोजनामा भोली फागुन ६ गते बुटवलमा बृहत जनसभा हुने कार्यक्रम रहेकोछ । सभामा मोर्चामा आबद्ध विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको र जनसभाको तयारी भइरहेको आयोजकले बताएका छन् ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको ने.क.पा. (क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले गत माघ २८ गते काठमाडौँमा रणनीतिक संयुक्त मोर्चाको घोषणा गर्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेका थिए । सोहि कार्यक्रम अनुसार भोली बुटवलमा बृहत जनसभा हुने बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :