नेपालमा आज १,१७५ जना कोरोना सङ्क्रमित निको भए, १२ जनाको मृत्यु

नेपालमा आज १,१७५ जना कोरोना सङ्क्रमित निको भए, १२ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार १७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । यो कुल सङ्क्रमितको ९५ दशमलब ८ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ३०६ महिला र ४०४ पुरुष गरी जम्मा ७१० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १०३ महिला र १७८ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा २८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ७८० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७७७ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ८४० रहेको छ । त्यसमा आई.सी.यु.मा २७९ जना र भेन्टिलेटरमा ५१ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ५ हजार ३६४ जना र क्वारेन्टाइनमा ४२१ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :