क्रान्तिकारीद्वारा मोर्गन कलेजमाथि कारबाही

क्रान्तिकारीद्वारा मोर्गन कलेजमाथि कारबाही

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला समितिले बसुन्धरास्थित मोर्गन कलेजमाथि चेतावनीस्वरूप कारबाही गरेको छ ।

अभिभावकहरू कोरोना सङ्कटले थिल्थिलो भएको बेला शैक्षिक माफियाहरूले सङ्कटलाई अवसरका रूपमा लिँदै लुटधन्दा सञ्चालन गरेको र विद्यार्थीलाई चरम दमन गरेको, वली सरकारको प्रहरी प्रशासनको आडमा अभिभावकबाट जबर्जस्ती शुल्क असुल गरेको, प्रहरी लगाएर विद्यार्थी र अभिभावकलाई गिरफ्तार गर्ने, दमन गर्ने, कक्षा १२ को परीक्षाको मौकामा विभिन्न शीर्षकमा चर्को शुल्क असुल गर्ने, पैसा तिर्न नसक्ने विद्यार्थी र अभिभावकलाई कलेजको गेटमा प्रहरी तैनाथ गरेर कलेजभित्र छिर्न नदिने, प्रवेशपत्र नदिनेजस्ता निकृष्ट र गैरजिम्मेवार हर्कत गरेकाले साङ्केतिक रूपमा कारबाही गरिएको क्रान्तिकारीले जनाएको छ ।

सङ्गठनका अध्यक्ष गोविन्द बिष्टले तत्काल विद्यार्थीबाट अनैतिक रूपमा असुल गरिएको रकम फिर्ता गर्न र सबै विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिने वातावरण बनाउन मोर्गन कलेजलाई आग्रह गर्दै अन्यथा ठूलो मूल्य चुकाउनुपर्ने र त्यसको जिम्मेवार कलेज आफैँ हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :