सातौँ पार्टी पुनर्गठन दिवस मनाइरहेको नेकपाविरुद्ध सरकारद्वारा व्यापक प्रहरी परिचालन

कपिलवस्तुमा जनताको घरमा छापामारियो

सातौँ पार्टी पुनर्गठन दिवस मनाइरहेको नेकपाविरुद्ध सरकारद्वारा व्यापक प्रहरी परिचालन

काठमाडौँ : देशव्यापी विविध कार्यक्रमसहित सातौँ पार्टी पुनर्गठन दिवस मनाइरहेको नेकपाविरुद्ध सरकारले व्यापक प्रहरी परिचालन गरी धरपकड गर्ने, गिरफ्तार गर्ने गरिरहेको समाचार प्राप्त भएको छ ।

कपिलवस्तुबाट प्राप्त समाचारअनुसार जिल्लाको शिवगढीमा सरकारले एस्पीको नेतृत्वमा स्थानीय सर्वसाधारणका घरघरमा छापामारेको छ ।

चन्द्रौटादेखि कपिलवस्तुको पश्चिम सिमाना धानखोलासम्म पूरै क्षेत्र घेरा हालेर प्रहरीले जनताको घरघरमा खानतलासी गरेको छ ।

जिल्लासँग सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिाका रनसिङ गाउँबाट प्रहरीले घरमा छापामारी स्थानीय व्यवसायी मम काउचालाई गिरफ्तार गरेको छ ।

प्रहरीले सातौँ पार्टी पुनर्गठन दिवसका क्रममा टाँसिएका ब्यानर र पोस्टर हटाउँदै वालिङ पेन्टिङ पनि मेटेको छ । जिल्लाका विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको कपिलवस्तुबाट प्राप्त समाचारमा जनाइएको छ ।

नेकपाले मङ्सिर ६ देखि ८ गतेसम्म विभिन्न प्रचारात्मक कार्यक्रमसहित शान्तिपूर्ण रूपमा सातौँ पार्टी पुनर्गठन दिवस मनाइरहेको बेला सरकारले जनतालाई आतङ्कित पार्दै प्रहरी परिचालन गरी गिरफ्तारी र धरपकड गरेको भन्दै चौतर्फी सरकारको आलोचना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :