इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको शानदार जित

काठमाडौँ : साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

फरवार्ड मोहम्मद सालाह देखि थियागो अन्कान्टारा भर्जिल भान डाइक ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड जो गोमेज जोर्डन हेन्डरसन जस्ता खेलाडी मैदान बाहिर रहे पनि लिभरपुलले घरेलु मैदानमा शानदार जित हात पारेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टी फिर्मिन्होले एक–एक गोल गरे । जोनी इभान्सको आत्मघाती गोलबाट २१औँ मिनेटमा अग्रता बनाएको लिभरपुलले ४१औँ मिनेटमा जोटाले गोल गर्दै दोब्बर बनायो । ८६औँ मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए ।

जितसँगै ९ खेलमा २० अंक जोड्दै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेष्टर १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :