ब्राजिल विश्वकप फुटबल छनौट खेलमा विजयी

ब्राजिल विश्वकप फुटबल छनौट खेलमा विजयी

काठमाडौँ : फिफा विश्वकप अन्तरगत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिल विजयी भएको छ । उरुग्वेको घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २–० गोलले पराजित गर्दै विजयी भएको हो ।

खेलको ३४औँ मिनेटमा अर्थरले र ४५औँ मिनेटमा रिचार्लीसनले गोल गरेका थिए । त्यसपछि दुबै टोलीबाट गोल भएन ।

जितसँगै शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ भने उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :