नेकपा गुल्मीद्वारा जिल्ला सल्लाहकार दीपकप्रति श्रद्धाञ्जली

नेकपा गुल्मीद्वारा जिल्ला सल्लाहकार दीपकप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले पार्टीका सल्लाहकार एवम् अखिल नेपाल शिक्षक सङ्गठन गुल्मीका पूर्वअध्यक्ष रोमबहादुर राहादीमगर ‘दीपक’ प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टीकी जिल्ला इन्चार्ज सामनाले शनिबार प्रेस वक्तव्य जारी गरी सल्लाहकार दीपकको ५९ वर्षको उमेरमा भएको असामयिक निधनले सिङ्गो पार्टीलाई दुःखी बनाएको बताएकी छिन् । उनले महान् जनयुद्धका क्रममा स्थायी शिक्षण पेसा त्यागेर क्रान्तिमा होमिएका नेता दीपकले गुल्मेली कम्युनिस्ट आन्दोलन र दलाल संसदीय व्यवस्थाविरुद्धको सङ्घर्षमा महत्वपूर्ण भूमिका पूरा गरेको बताएकी छिन् ।

सामनाले शोकको यस दुःखद् घडीमा दीपकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकी छिन् ।

गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक थुम्का स्थायी घर भएका राहादीमगर केही वर्षअगाडिदेखि किड्नी, जन्डिसलगायत रोगबाट पीडित थिए । राहादीमगर जनयुद्धका क्रममा ठूलो लुम्पेकको नेरा गगनपुर निमाविमा अध्यापनकै क्रममा स्थायी शिक्षण पेसा त्यागेर भूमिगत भएका थिए । पछिल्लोपटक उनी पार्टी विभाजनपछि नेकपा–माओवादी हुँदै नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :