शान्ति प्रकृया असफल र भङ्ग भएको छ

»» चुनाव खारेजी अभियान कस्तो रह्यो ? समीक्षा कस्तो गर्नुभएको छ ? 

यो अभियान भव्यतापूर्वक सफल भएको छ । जनताले दलाल संसदीय व्यवस्थाबाट आफ्नो राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान हुन सक्तैनन्, यसको समाधान वैज्ञानिक समाजवाद स्थापना गर्नु हो भन्ने चेतनाको विकास गरेका छन् । त्यसकारण नेकपाको नेतृत्वमा राज्यको दमनका बावजूद दलाल संसदीय व्यवस्थाको भ्रममा नपरौं, वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा अघि बढौं ! भन्ने नाराका साथ भित्तेलेखन, पोष्टरिङ्ग, पर्चा वितरण, कोणसभा, जनसभा हुँदै मतदान केन्द्र कब्जा र बम विष्फोटनसम्म जनता पुगेका छन् । नेपाली क्रान्तिमा पटकपटक भएको धोकाबाट पाठ सिक्दै नेता, कार्यकर्ता र जनता एउटा प्रतिबद्धतासहित क्रान्ति पूरा गर्ने प्रकियाको वैकल्पिक धारामा अघि बढेका छन् । 

दोस्रो कुरा, नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ताका रुपमा नेपाल कम्युनिस्ट पार्टी स्थापित भएको छ । जसको नेतृत्व महासचिव कमरेड विप्लवले गर्नुभएको छ । यस प्रकृयामा नेता र कार्यकर्ताले परिपक्वता पनि हासिल गरेका छन् । जनताले आफैं पनि संगठनात्मक, विचारधारात्मक र कार्यशैलीका दृष्टिबाट यो पार्टीका नेता र कार्यकर्ताबाट क्रान्तिलाई अथक रुपले अन्तिमसम्म लैजान आदेश गरेका छन् । 

तेस्रो कुरा, सरकारले निकै ठूलो जोरजुलुम गर्दा पनि ४० प्रतिशतभन्दा बढी मतदान हुन सकेको छैन । जसरी ६५ र ७५ प्रतिशतको कुरा गरियो, त्यो बनावटी हो भन्ने कुरा स्पष्ट भएको छ । ४० लाखभन्दा बढी युवा मतदाता रोजगारका लागि विदेशिएका छन् । हजारौं जनता भूकम्पपीडित क्षेत्रमा सिकर्मी र डकर्मी काम गरिरहेका छन् जो मतदानको लागि आफ्नो क्षेत्रमा फर्केका छैनन्, त्यस्तै अस्थायी रुपमा कामको खोजीमा भारत जाने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । यो कुरा हामीले प्रत्यक्ष देखेका छाँै । उम्मेदवारहरुले ठूला शहरमा रहेका मानिसहरुलाई भाडाको व्यवस्था गर्दा पनि सबै गएका छैनन् र हाम्रो पार्टीको आह्वानमा ३० प्रतिशत भन्दा बढी जनताले चुनावमा भाग लिएका छैनन् । सरकारले निर्वाचन आयोगमार्फत् मतदानको जुन तथ्यांक प्रस्तुत गरेको छ त्यसमा उम्मेदवारको मतदान केन्द्र कब्जालाई जोडिएको छ । एउटा व्यक्तिले ६० पटकसम्म मतपत्रमा छाप लगाउने, मरेका, विदेश गएका, महिला र अशक्त वृद्धवृद्धाहरुको नाममा समेत अर्कोले मतदान गरेको कुरालाई पनि जोडिएको छ । त्यसो त राजधानी नजिकै एउटा वुथमा ९९.६ प्रतिशत मत खसालिएको छ । 

अतः हाम्रो पार्टीको निर्वाचन खारेजी अभियानले कथित प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव साम्राज्यवादी र तिनका घरेलु दलालको नाटक, साम, दाम, दण्ड र भेदको भद्दा नमूना सावित गरिदिएको छ । 

»»  तपाईको पार्टीले त्यत्रो बम बारुद पड्काउँदा पनि जनतामा त्यसको प्रभाव परेन, चुनावप्रति व्यापक उत्साह देखियो नि ? 

पार्टीले घोषणा गरेको दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी अभियानमा जनताले उत्साहपूर्ण रुपले चुनावमा भाग लिएका होइनन्, बरु उत्साहपूर्ण रुपले त्यसको धज्जी उडाए र आक्रोसका साथ दलाल उम्मेदवारहरुमाथि समेत बम प्रहार गरे । जनता कता लागे भन्ने कुरा कालीकोटको मुम्रा, सुर्खेत, मुगु, दाङमा मतदान केन्द्र कब्जा र रुकुममा उम्मेदवारमाथि चप्पल प्रहार, देशव्यापी बम विष्फोटले स्पष्ट पारिसकेको छ । दलाल उम्मेदवारहरु जहाँ पुगे, त्यहीं बम पड्किने कुरामा व्यापक जनताको सहभागिता छ । प्रहरी र सेनाको बलमा घरघरै गएर धम्काएपछि जनताहरु बाध्य भएर मतदान गर्न पुगेका हुन् जसको राम्रो उदाहरण रोल्पा थबाङ हो । अनि यो कसरी उत्साहपूर्ण हुन्छ र ! 

»» कति जना कार्यकर्ता पक्राउ परेका छन् ? त्यसप्रतिको धारणा ? 

अहिलेसम्म पार्टीको रेकर्डअनुसार ७ सय २१ भन्दा बाढी नेता तथा कार्यकर्ताहरु पक्राउ पर्नु भएको छ । पोलिट व्युरो सदस्य क. चन्द्रबहादुर चन्द ‘ वीरजङ्ग’ लगायतका केही कमरेडहरुलाई छोडेको छ भने अरु छोड्ने क्रम जारी छ किनकि पक्राउ पर्नुभएको साथीहरु निर्दोष हुनुहुन्छ । उहाँहरुलाई तुरुन्त विनाशर्त सरकारले रिहाई गर्नुपर्छ भनेर कमरेड महासचिवको विज्ञप्तिमा पनि आएको छ । यो अन्तरवार्तामार्फत् म पनि त्यही कुरामा जोड दिन्छु । 

»» तपाईहरुले व्यक्तिकेन्द्रित आक्रमण गर्नुभएको आरोप छ नि ? 

यो व्यक्तिकेन्द्रित आक्रमण होइन, बरु दलाल संसदीय व्यवस्थाका असली प्रतिनिधिहरु जो भ्रष्ट, जनविरोधी र राष्ट्रविरोधि छन्, उनीहरुमाथि जनआक्रोस पोखिएको छ । 

»» दाङ्गमा एक जना म्यादी प्रहरीको मृत्यु भयो । घटना कसरी भएको हो ? 

त्यहाँ जनताले म्यादी प्रहरीमाथि होइन, बरु शेरबहादुर देउवामाथि आक्रोस पोखेका हुन् । त्यो प्रकृयामा म्यादी प्रहरी चौधरी भाइको ज्यान जानु दुःखद हो । यसमा म दुःख व्यक्त गर्दछु ।  चुनाव विरुद्ध भएका बम विष्फोटका घटनाहरुमा तपाईहरुको संलग्नता छ कि छैन ? 
हाम्रो पार्टीको चुनाव खारेजी अभियानमा जनताले संघर्षलाई उचाइमा पु¥याएर बम विष्फोट गरेका छन् । जनता सचेत भएपछि दलाल संसदीय व्यवस्थाका उम्मेदवारहरु जहाँ जान्छन् ,त्यहीं बम पड्किए । अभियानको नेतृत्व पार्टीले गरेपछि त्यसमा संलग्नता र असंलग्नताको कुरै आउँदैन । 

»» तपाईहरु नेपालको हितविरोधी विदेशी शक्तिबाट परिचालित भएको भन्ने आरोप छ नि ? 

यो दलालहरुको जो चोर उसैको ठूलो स्वर मात्रै हो । उनीहरुको आरोपलाई जनताले पानीको लौरो सावित गरिदिएका छन् । 

»»  अब तपाईहरुको कार्यक्रम कस्तो हुन्छ ? 

पार्टीले आन्दोलन र संघर्षका उपलब्धीहरुको संश्लेषण गर्दै त्यसबाट शिक्षा लिन्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी मुद्दाहरु आजको स्थितिमा पहिचान गर्दै अघि बढ्ने कार्यक्रम बनाइनेछ । आज गास, बास र कपास मात्रै हैन, शिक्षा, स्वास्थ्य र रोजगारका समस्याहरुले जनता पीडित छन् । भ्रष्टाचारले गर्दा यी समस्याहरु समाधान हुन सकेका छैनन् । संघर्षका मुद्दाहरु यी नै हुन्छन् । हामी शान्तिपूर्ण तरिकाले कार्यक्रम अघि बढाउछौं । यसलाई छेक्न खोजियो भने आन्दोलन विकसित चरणमा पुग्छ । 

»» बाम गठबन्धनको सरकारप्रति तपाईहरुको धारणा कस्तो रहला ? 

कथित बाम गठबन्धन होस् वा कथित लोकतान्त्रिक गठबन्धन, एउटै सिक्काका दुई पाटा हुन् । बाम गठबन्धनको माके एमालेमा विलय भइसकेको छ । बाम गठबन्धनको सरकार एमाले जस्तै हुन्छ । अझ सारतत्वमा यी बामपन्थी भनाउँदाहरु दलाल संसदवादका पहरेदारहरुबाहेक केही होइनन् । यी सबै नेपाली जनताको सेवामा होइन, बरु आर्थिक भ्रष्टाचार र साम्राज्यवादको सेवामा लाग्नेछन् । ठोस रवैया त सरकार बनेपछि थाहा होला । 

»»  तपाईहरु चुनाव विरोधी शक्ति हो ? 

हामी जनताबाट नेतृत्व चुनिने र सरकार चुनिने प्रकृयाको विरोधी होइनौं । हामी पेरिस कम्युनका सन्तति हौं जसले प्रशासकीय अधिकृत र न्यायाधीश पनि जनताबाट चुनेको थियो । हामी बन्दुक र पैसाको बलमा गरिने संसदीय व्यवस्थाको चुनाव विरोधी हौं । 

»» शान्ति प्रकृया पूर्ण भयो भन्ने सरकारी दाबीप्रति यहाँको धारणा ? 

यो सरकारी धारणा सरासर गलत छ । क्रान्तिप्रति धोका दिएपछि हामीले विद्रोह गरी नयाँ उचाइमा क्रान्ति अघि बढाएका छौँ । त्यो शान्ति प्रकृया असफल र भङ्ग भएको छ, नयाँ क्रान्तिको प्रकृया शुरु भइसकेको छ । स्रोत : रातो खबर साप्ताहिक 
मंसिर २७ 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :