दुबैमा नेपालीको अधिवेशन सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद खत्रीको प्रमुख आतिथ्यमा नेपाली जनप्रगतिशिल मोर्चा, दुबैको चौथो अधिवेशन सम्पन्न भएको छ । विगत लामो समयदेखि दुबैमा रहेर नेपाली मजदुरहरुको पक्षमा संघर्षरत र क्रियाशील रहँदै आएको मोर्चाको अधिवेशन शुक्रबार सम्पन्न भएको हो ।

चौंथो अधिवेशनले काउछाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष कमल पोखरेल, महासचिव केदार लम्साल, प्रथम सचिव प्रेमा सुब्बा, द्वितीय सचिव अर्जुन खड्का, कोषाध्यक्ष नारायण खनाल, सहकोषाध्यक्ष दमन्ता मगर, प्रवक्ता दिनेश नेपाल र केन्द्रीय सदस्यहरु कमल तामाङ, ओम पराजुली, कैलाश खाम मगर, ज्ञानु सुनुवार, थानप्रसाद डुम्रे, नेत्रकुमार लामा, पदम महत, प्रकाश वन्जाडे, विकाश मगर, बुनु मगर, राजीव सुनुवार, सन्ध्या थापा, सविन खड्का, तिला परियार, शेरबहादुर खड्का, हरि कुँवर रहेका छन् ।

उक्त अधिवेशनले ६ जनाको सल्लाहकार समिति चयन गरेको छ । शमर खत्रीको संयोजकत्वमा पृथीछक बुढामगर, कवि गुरुङ, विष्णु भण्डारी, प्रहारसिंह तामाङ र पशुपति खड्का रहेका छन् ।

२०७४ पुस १ गते अपरान्ह ४ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :