छुट्टाछुट्टै स्थानमा सवारी साधन दुर्घटना / १ मृत्यु ४१ जना घाइते

काठमाडौं : पूर्व–पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नं.को मोटरसाइकल बर्दिवास नपा ५, स्थित माईस्थानमा ठोक्किँदा सिन्धुली, तीनपाटनका २७ वर्षीय जीवन पोखरेलको मृत्यु भएको इप्रका बर्दिवास महोत्तरीले जनाएको हो । सो दुर्घटनामा परी अन्य दुई जना घाइते भएको र उनीहरुलाई बर्दिवासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको इप्रका बर्दिवासका प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेलले बताएका छन् । यसैगरी टिकापुरबाट काठमाडौँका लागी छुटेको ना ४ ख ४४२० नम्बरको जिल्लाको जोगिमारामा शनिबार बिहान सवारी साधन दुर्घटना भएको छ । दुर्घटनामा परि ४१ जना घाइते भएका छन् । ईप्रका गजुरीले दिएको जानकारी अनुसार उक्त विपरित दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको इप्रका गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सीनाले बताउनुभयो । उनीहरुलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ ।

२०७४ पुस १ गते अपरान्ह ५ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :