स्थानीय जनताले निर्वाचन सामाग्री खोसेर च्याते / दाङमा चुनाव खारेजी जनसभा सम्पन्न

दाङ : दाङको गढवा खैरामा स्थानीय जनताले मंगलबार निर्वाचन सामाग्री खोसेर च्याति दिएका छन् । गढवा ५ खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री बोकेर गइरहेका स्वयमसेविकाबाट खोसेर च्यातेका हुन् । पुरानो संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा मंगलबार दाङ देउखुरीको सतबारिया कमानपुरमा चुनाव खारेजी जनसभा सम्पन्न भएको छ । सतबरियाको कमानपुमा भएको जनसभालाई नेकपा गढवा राजपुरका इन्चार्ज गणेश चौधरी, लमही नगरका इन्चार्ज एकराज चौधरीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा उहाँहरुले ‘असफल भइसकेको दलाल संसदीय व्यवस्थाको रंगीबिरगीं चुनावको भ्रममा नलाग्न र विभिन्न झुटको खेती गर्ने उम्मेद्वारलाई बहिस्कार गर्न’ आह्वान गर्नुभएको थियो । विभिन्न रुपरंगमा गरिने चुनावले दलाल भ्रष्टहरुको ठगी खाने भाँडोको रुपमा रहेकाले यो चुनावमा सहभागी नहुन पनि आग्रह गर्नुभयो ।

२०७४ कात्तिक २९ गते ७ : ४६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :