विद्यार्थीका तनहु जिल्ला अध्यक्ष आफ्नै मोबाइल पसलबाट गिरफ्तार

रमाकान्त बास्तोला / तनहु : चुनावलाई अस्वीकार गर्दै खारेजी अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले धरपकट तीव्र बनाएको छ । प्रहरीले देशभरबाट नेकपाका नेताकार्यकर्ताहरुको घरघरमा पुगेर खानतलासि गर्ने तथा नियन्त्रणमा लिने कार्य तीव्र्र पारेको हो । यसैविच अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा तनहु जिल्लाका अध्यक्ष डम्बरबहादुर विश्वकर्मालाई प्रहरीले आफ्नै मोबाइल पसलबाट गिरफ्तार गरेको हो । बिकलाई आफ्नै पसलमा बसिरहदा प्रहरीले पसलमै आएर गिरफ्तार गरेको बताएका छन । नेकपाका नेताकार्यकर्तासहित समर्थहरुको घरमासमेत पुगेर खानतलासी गर्ने, पक्राउ गर्ने, मानसिक यादना दिने जस्ता कार्य गरेर दुःख दिने गरेको पीडित परिवारले बताएका छन् ।

२०७४ कात्तिक २८ गते बेलुका ७ :०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :