मैले कमाउँछु भनेर ढाँटेँ, उनले नबोलेर ढाँटिन्

कविता

म, कमाउँछु भनेर ढाँटेँ
म, जमाउँछु भनेर ढाँटेँ
म, रमाउँछु भनेर ढाँटेँ ।

म, आउँछु भनेर ढाँटेँ
हात समाउँछु भनेर ढाँटेँ
धेरैतिर घुमाउँछु भनेर ढाँटेँ
खुसी थमाउँछु भनेर ढाँटेँ
यस्तै–यस्तै धेरै बहानामा ढाँटेँ ।

हुनत आमाले पनि ढाँटिन्
भोकै– खाएँ भनेर ढाँटिन्
नाङ्गै– लाएँ भनेर ढाँटिन् ।

रुँदै– रोइनँ भनेर ढाँटिन्
रोगी– होइन भनेर ढाँटिन्
काम– छोइनँ भनेर ढाँटिन् ।

यतिसम्म ढाँटिन्–
पूरा ठीक छु भनेर ढाँटिन्
थुप्रै वर्ष टिक्छु भनेर ढाँटिन् ।

आफ्ना हरकष्ट लुकाएर ढाँटिन्
आफैँभित्र आफैँ सुकाएर ढाँटिन्
हामीलाई छोडी कतै जान्नँ भनी
एकै वचन नबोली झुक्याएर ढाँटिन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :