सल्यान दुर्घटनाका मृतकप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

सल्यान दुर्घटनाका मृतकप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले बाँकेको ढकेरीबाट विवाहमा गएको रा १ ज ५६३ नम्बरको जिप सल्यानको कपुरकोटस्थित जलबाङ १ मा दुर्घटना हुँदा ८ जना जन्तीको घटनास्थलमै मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।

संयोजक कञ्चनले बुधबार शोक वक्तव्य जारी गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको अपेक्षा पनि गरेका छन् ।

संयोजक कञ्चनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आज एकाबिहानै सल्यानको कपुरकोटस्थित जलबाङ १ मा बाँकेको ढकेरीबाट विवाहमा गएको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना हुँदा त्यसमा सवार ८ जना जन्तीको घटनास्थलमै मृत्यु भएको खबरले हाम्रो सिङ्गो पार्टीलाई अत्यन्त दुःखी बनाएको छ । यस दुःखद् घडीमा सबै मृतकप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै उक्त दुर्घटनामा घाइते हुनुभएका एकजनाको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :