अखिल (क्रान्तिकारी) रूपन्देहीले २५ औँ जिल्ला सम्मेलन गर्ने

अखिल (क्रान्तिकारी) रूपन्देहीले २५ औँ जिल्ला सम्मेलन गर्ने

बुटवल : अखिल (क्रान्तिकारी) जिल्ला समिति रुपन्देहीको विस्तारित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक पारस राहादी मगरको अध्यक्ष्यतामा बसेको बैठकले आउँदो भदौ २१ गते २५ औँ जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भएको हो । 

बैठकमा प्रमूख आतिथ्यता अखिल (क्रान्तिकारी) का महासचिव रूपा बुढा मगरको रहेको थियो । महासचिव बुढा मगरले रुपन्देहीको शैक्षिक आन्दोलनमा अखिल (क्रान्तिकारी) ले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । साथै उनले रुपन्देहीका स्थानीय तहका शिक्षा शाखाहरूमा मागपत्र पेश गरेकोप्रति धन्यवाद दिँदै माग पूरा गराउनको लागि कत्तिपनि दायाँबायाँ नगरि आन्दोलनमा होमिन र आम विद्यार्थीलाई आन्दोलनमा नेतृत्व गर्न निर्देशनसमेत दिए । रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको प्रमूख शैक्षिक गन्तव्य भएकोले यहाँको शैक्षिक क्षेत्रमा सबभन्दा बढी बिकृति पनि रहेको भन्दै त्यसको विरुद्ध सम्झौताहीन आन्दोलन गर्नुपर्ने बताए ।

नेकपा (बहुमत) रुपन्देही इञ्चार्ज प्रवेशले हरेक राजनीतिक आन्दोलनमा विद्यार्थीहरूले सदैव अग्रमोर्चामा रहेर भुमिका खेलेको स्मरण गर्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि नेकपा (बहुमत) ले नेतृत्व गरिरहेको राजनीतिक आन्दोलनमा अखिल (क्रान्तिकारी) को भुमिकाको प्रशंसा गरे । रुपन्देहीको शैक्षिक तथा विद्यार्थी आन्दोलन शैक्षिक दलालहरूको निशानामा हुनुपर्ने बताए । साथै सामुदायिक विद्यालयहरूमा समेत चर्को शुल्कका कारण विद्यालय जानबाट बञ्चित हुन परेको अवस्थाप्रति अखिल (क्रान्तिकारी) ले पहल लिनुपर्ने बताए । 

अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश इञ्चार्ज नवीन खड्काले स्थानीय तह, विश्वविद्यालय देखि मन्त्रालयसम्म विभिन्न शैक्षिक मुद्दाहरू उठान गरेर मागपत्र बुझाएको, आन्दोलनको सुरुवात गरेको बताए । अब निर्णायक आन्दोलनको लागि पहल लिने बताए । आफूहरू विरुद्ध केही बिद्यार्थी संगठनका नामबाट अराजक र छुद्रता प्रदर्शन गर्ने झुण्डहरूले अफवाह फैलाउँदै विद्यार्थीहरूलाई भ्रमित पारिरहेको प्रति सचेत रहेको बताए । हाम्रो आन्दोलनमा कसैले बाधा हाल्न आउँछ भने त्यसको दृढतापूर्क प्रतिरोध गर्दै बिद्यार्थीको हक अधिकार स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

नेकपा (बहुमत) रुपन्देही संयोजक शुनिलले युवा विद्यार्थीहरू पुरापुरा जोसका साथ अभियानमा लाग्न निर्देश गरे । रुपन्देहीमा विद्यार्थीको अभियान र आन्दोलनमा पार्टीको तर्फबाट सहयोगको कुनै कमि हुन नदिने बताए । आफू पनि विद्यार्थी आन्दोलनबाटै पार्टी राजनीतिमा आएको भन्दै हरेक क्याम्पस, नगर, गाउँ अखिल (क्रान्तिकारी) मय बनाउनुपर्ने बताए  ।

बैठकले  भदौमा २१ हुने जिल्ला सम्मेलन आयोजक समिति २७ सदस्यीय बनाएको छ । केन्द्रीय सदस्य पारस राहादी मगरको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरेको । साथै  जिल्ला सम्मेलन केन्द्रित “प्रज्वल संगठन सुदृढीकरण अभियान (२०७९” सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । 

अखिल (क्रान्तिकारी) को सो बैठकले बिद्यार्थी सम्पर्क मञ्चसमेत गठनको पहल लिएको छ । गुल्मी-रुपन्देही, अर्घाखाँची-रुपन्देही र पाल्पा-रुपन्देही सम्पर्क मञ्चको संयोजकमा क्रमश: सुशील विश्वकर्मा, सुदिप नेपाली र सुरज गैरेलाई तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :