श्रमिकहरूको आन्दोलन सशक्त रूपमा अघि बढाउने नेकपा (बहुमत) निकट होटल तथा रेस्टुराँ श्रमिक सङ्घको निर्णय

श्रमिकहरूको आन्दोलन सशक्त रूपमा अघि बढाउने नेकपा (बहुमत) निकट होटल तथा रेस्टुराँ श्रमिक सङ्घको निर्णय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ आबद्ध होटेल तथा रेस्टुराँ श्रमिक सङ्घ केन्द्रीय समितिको विशेष बैठक सम्पन्न भएको छ ।

काठमाडौँमा मङ्गलबार बसेको बैठकले केन्द्रीय समिति र पदाधिकारी थप गरेको छ । सङ्घको केन्द्रीय समितिमा निरकुमार राई, सुवास राई र अशोक राई थप भएका छन् भने केन्द्रीय सदस्य प्रविन बस्नेतलाई महासचिव चयन गरिएको जनाइएको छ । होटेल, रेस्टुरेन्ट, क्यासिनोलगायत क्षेत्रमा श्रमिकहरूले चरणबद्ध सञ्चालन गर्दै आएका न्यायपूर्ण धर्ना एवम् प्रदर्शनमा ऐक्यबद्धता प्रदान गर्दै सङ्घर्ष तय गर्ने निर्णय भएको पनि बताइएको छ ।

पछिल्लो समयमा होटेल, क्यासिनो, रेस्टुरेन्टलगायत प्रायजसो प्रतिष्ठानहरूमा श्रमिकहरू आन्दोलनरत रहेको देखिएको छ भने उत्पन्न विवाद समाधानका निमित्त व्यवस्थापन एवम् रोजगारदाता पक्ष लचक बनेको देखिएको छैन । धेरैजसो प्रतिष्ठानबाट श्रमिकहरूलाई एकतर्फी रूपमा कटौती गर्दै नयाँ नियुक्तिको रणनीति अपनाइँदा श्रमिकहरूले तोकिएबमोजिम पारिश्रमिक र सेवासुविधा पाउने स्थिति नदेखिएपछि आन्दोलन जारी राख्नुपरेको महासङ्घले जनाएको छ ।

नेकपा (बहुमत) को आठौँ महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेका महासङ्घका केन्द्रीय अध्यक्ष विनोद थापाको प्रमुख आतिथ्य र महासङ्घका उपाध्यक्ष शिशिर थापाको आतिथ्यमा सम्पन्न उक्त विशेष बैठकमा महासङ्घका नेताहरूले प्रशिक्षण दिएका थिए । सङ्घका केन्द्रीय अध्यक्ष सरोजको अध्यातामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :