विप्लव समूहलाई भद्दा मजाक नगर्न र न्यूनतम् राजनीतिक संस्कार प्रदर्शन गर्न अखिल (क्रान्तिकारी) को सुझाव

अराजनीतिक र गोयबल्स शैलीका भ्रमहरूबाट प्रभावित नहुन आह्वान

विप्लव समूहलाई भद्दा मजाक नगर्न र न्यूनतम् राजनीतिक संस्कार प्रदर्शन गर्न अखिल (क्रान्तिकारी) को सुझाव

काठमाडाैँ : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले विप्लव नेतृत्वको नेकपा चुनावमा गएको, त्यसबाट विद्रोह गरी कञ्चनको संयोजकत्वमा नेकपा (बहुमत) को पुनर्गठनसँगै जवसहरूको पनि पुनर्गठन भइसकेको र फरक अस्तित्व निर्माण भइसकेको अवस्थामा प्रकाश शाही समूहले मिलन राई, वीरेन्द्र शाह, रूपा बुढामगरलगायतलाई निष्कासन गरेको विज्ञप्ति जारी गर्नु लज्जापद रहेको बताएका छन् ।

अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले बुधबार विज्ञप्ति जारी गरी फरक अस्तित्व निर्माण भइसकेको सङ्गठनका नेता–कार्यकर्तालाई फरक सङ्गठनले कारबाही तथा निष्कासन गर्ने संस्कृति कहीँ–कतै नभएकाले यस्ता भद्दा मजाक नगर्न र न्यूनतम राजनीतिक संस्कार प्रदर्शन गर्न आग्रह गरेका छन् ।

संयोजक राईको विज्ञप्तिमा पार्टी फुटको बीजरोपण गर्ने निर्णयलाई समर्थन गर्दै विज्ञप्ति निकाली फुटलाई प्रश्रय दने, सम्बन्धित कार्यक्षेत्रको जिम्मा भएकाहरूलाई सल्लाह नै नगरी संसदीय चुनाव प्रचारप्रसारमा पठाउने, कोषाध्यक्षलाई थाहा नै नदिई आफूखुसी आर्थिक अवाञ्छित गतिविधि गर्नेहरूले लगाएको गुटबन्दी, फुटपरस्त र आर्थिक हिनामिनाको आरोप खारेज गर्दै त्यस्ता अराजनीतिक र गोयबल्स शैलीका भ्रमहरूबाट प्रभावित नहुन सम्पूर्ण विद्यार्थी र जनसमुदायमा आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :