संसदीय दलका मुख्यालयको हाटबजार

कविता

नेपाली राजनीतिमा चुनावी सरगर्मी छ
संसदीय दलका मुख्यालयमा हाटबजार लागेको छ
हाटबजारमा बिक्रेताझैँ कार्यकर्ताको मोलमोलाइ छ
लालसा बोकेकालाई चुनावले मोहित बनाएको छ ।

अनलाइन फेसबुक ट्विटरले वाल भरिएको छ
छापाखाना, टेलिभिजन, रेडियो प्रचारबाजीमा मस्त छ
चिया पसल, भट्टी पसल, विद्यालय सबैमा चुनावकै चर्चा छ
भोट हाल्ने–नहाल्ने, जित्ने–नजिताउने बहस उत्कर्ष छ ।

चुनावी सभामा घोचपेचको ब्यारोमिटर उच्च छ
मैले नजिते देश दुर्घटनामा जान्छ भनिएको छ
हिजो नेतालाई धारे हात लगाउने जनता प्रचारमा छ
नेता, कार्यकर्ता, व्यापारीको चन्दा असुलीमा हात पसारेको छ ।

दलाल संसदीय व्यवस्थाका विरोधी भनिएका विप्लवहरू चुनावमा मस्त छन्
बोल्सेभिक पार्टीका रूपमा नेकपा (बहुमत) उदाएको छ
क्रान्तिको झन्डा उठाउने उद्घोष गरेको छ
तर त्यहाँ बौद्धिक क्षमताभन्दा इमानदारीको भीड छ ।

मतदानको दिन भारी वर्षाको प्रक्षेपण छ
भ्रष्ट पार्टी र नेतादेखि प्रकृति पनि बेखुसी छ
जलवाष्पयुक्त हावा स्थानीय वायुमा मिसिएको छ
त्यसैले चुनावमा जाने–नजाने निर्णय मतदाताको हातमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :