बुद्धिजीवी नेता थापाप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

बुद्धिजीवी नेता थापाप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले शोक वक्तव्य जारी गरी पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य, सङ्गठनका चितवन जिल्ला अध्यक्ष एवम् वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका पूर्वसहायक क्याम्पस प्रमुख धर्म थापाप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टीका चितवन जिल्ला संयोजक विजय शर्माले जारी गरेको शोक वक्तव्यमा थापाको निधनले पार्टी निकै मर्माहत भएको उल्लेख छ । वक्तव्यमा थापाका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । थापाको हिजो आइतबार बिहान ८ः३० बजे हृदयाघातका कारण निधन भएको थियो ।

वक्तव्यको पूर्ण विवरण यसप्रकार रहेको छ :

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य तथा सङ्गठनका चितवन जिल्ला अध्यक्ष एवम् वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका पूर्वसहायक क्याम्पस प्रमुख कमरेड धर्म थापाको हिजो आइतबार बिहान ८ः३० बजे हृदयाघातका कारण निधन भएको खबरले हाम्रो पार्टी निकै मर्माहत भएको छ । आदरणीय कमरेड धर्म थापाप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । शोक वक्तव्यको पूरा पाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :