बारामा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

बारामा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

सिमरा : नेपाल कम्युनिस्ट पार्टीसहित आठ दलिय संयुक्त महिला संघ सङ्घर्ष समिति बाराले ११२ ओैँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न गरेको छ । मङ्गलबार बाराको सिमरामा स्वतन्त्रता, समानता र स्वाधिनताका लागि सशक्त सङ्घर्ष गरौँ ! ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔँ !!, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ !!! भन्ने मूल नाराका साथ सम्पन्न भएको हो ।

लक्ष्मी तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपाका जिल्ला सदस्य निरज साह, राष्ट्रिय जनमोर्चाका प्रदेश प्रमुख शेरबहादुर कार्की, वैज्ञानिक समाजवादीका हरिदयाल चौधरीले बोलेका थिए । स्वागत भाषण सुमित्रा सापकोटाले गरेकी थिइन् भने सञ्चालन सिर्जना शर्माले गरेकी थिइन् ।

उक्त कार्यक्रमका सभाध्यक्ष अनेमसङ्घ क्रान्तिकारी जिल्ला बाराका अध्यक्ष लक्ष्मी तामाङले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :