अमेरिकी साम्राज्यवाद मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद

कविता

अमेरिकी साम्राज्यवाद मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद
लेखक : सूर्यध्वज नेपाली ‘प्रतिरोध’

हो, आज युक्रेनमा निर्दोष मानिसहरूको
जबर्जस्ती हत्या भइरहेको छ ।
थोरै केही दिनमा, हजारौँको सङ्ख्यामा
क्रूर र दर्दनाक मृत्यु स्वीकार्न विवश छन्
यही थोरै केही दिनहरूमा
दसौँ लाख युक्रेनीहरू शरणार्थी बन्न बाध्य छन् ।
अर्बौंं–खर्बौं रुपैयाँमा हैन
त्यही सङ्ख्याको डलर र युरोबराबरको
सम्पत्ति नोक्सान भइसकेको हुनुपर्छ ।
थाहा छैन ठ्याक्कै कति दिन चल्छ
नरसंंहारकारी–विध्वंशकारी युद्ध
थाहा छैन कति नोक्सान हुन्छ
थप अरू धन र जनहरूको
युद्ध त त्यो साम्राज्यवादी गठबन्धनले
जबर्जस्ती थोपरिरहेछ युक्रेनी जनतामाथि
उसकै कठपुतली भोलोदिमिर जेलेन्स्की र नेटोको सहयोगमा
युद्ध भड्काउँछ आततायी साम्राज्यवाद
हतियारहरूको व्यापार गर्न
कहीँकतै पठाउँछ कहिले बाइवलहरू
कतै पठाउँछ बहुराष्ट्रिय कम्पनीहरूका नाममा
निगम पुँजीको आडमा
RAW र CIA को सुराकी गर्न जेलेन्स्की
हुवानगुइडो, अल्बर्टाे फुजिमोरी, ज्योति वसुहरू
शेरे, गगने, दाहाल, नेपाल, निरीह बाबुरामहरू
हो, हामी आततायी युद्धको विरोध गर्छौं
नरभक्षी साम्राज्यवाद र साम्राज्यवादीहरूको भण्डाफोर गर्छौं
साम्राज्यवादी दमन, उत्पीडन खारेज गर्छौं ।

मानवताविरोधी साम्राज्यवादले
जतिसुकै हर्कत गरे पनि
हतियार, विकास बजेट, बाइबल
जताजता पठाए पनि अब हामीले युद्धको कारण खोज्नुपर्छ
युद्धको जरासम्म पुग्नुपर्छ
हिजो र आजको युक्रेन र संसारभरिकै युद्धहरू
साम्राज्यवादकै कारण सिर्जना भएका हुन् ।
आजको युद्धको पनि कारण
भ्लादिमिर पुटिन र रुस हैन
साम्राज्यवाद हो, साम्राज्यवाद
बेलायत–अमेरिका र नेटो गठनबन्धनको साम्राज्यवाद
अरबको तेल लुट्न
इराकी क्रान्तिकारी कम्युनिस्टहरूको हत्या गर्न ।

जतिजति बाथ पार्टी र सद्दाम हुसेनहरू तयार पारे पनि
हाम्रो गौरवशाली सोभियत सङ्घलाई ध्वस्त गर्न
जति अल कायदा र बिन लादेनहरू निर्माण गरे पनि
आखिर बाथ र लादेनहरू
साम्राज्यवादकै निम्ति प्रत्युत्पादक र घातक सिद्ध भएकै छन् ।
साम्राज्यवादले जहाँजहाँ पाइला टेक्ने प्रयास गरेको छ
त्यो आफैँ पड्किइरहेकै छ ।
त्यो नरभक्षी साम्राज्यवाद
भियतनाम, कोरिया, क्युबा…………
जताजतै पुगेर ध्वस्त भएकै छ ।
बेलायती र अमेरिकी साम्राज्यवाद बेकार साबित भएकै छ ।
हो ! हामीबाट पनि
निकारागुवा, ब्राजिल, इन्डोनेसिया
टर्की, फिलिपिन्स, पेरू, भारत र नेपालतिर
धर्तीमा अन्यत्र कहीँ कतै पनि कमजोरीहरू भए होलान् !!
स्पार्टाकस र लेनिनका दाजु अलेक्जेन्डर भ्लादिमिरहरू
माओका छोरा र श्रीमतीहरू
भीमदत्त, कृष्णलाल, दशरथ, गङ्गालालहरू
इब्ना र हेलिन बोलेकहरू गुमायौँ होला ।
समयमै ख्रुस्चोभ प्रवृत्तिहरू चिन्न सकेनौँ होला !!
साम्राज्यवादको दलाल सुहार्ताेको सफाया गरेर
सुकार्नोहरूको विकास गर्न
नसकेको कमजोरी भयो होला !!
तर अब हामी इतिहासका कमजोरीहरूको
निर्मम समीक्षा गर्दै
संसारभरि नै जित्नेछौँ ।
नयाँ जनवाद, वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म
पुगिछाड्नेछौँ ।
मालेमावादको दार्शनिक जगमा
क्रािन्तकारी सर्वहारा अन्तर्राष्ट्रियतावादको रातो झान्डा
एन्डिजदेखि सगरमाथासम्म
सातै महादेश र सबै देशहरूमा
पाँचैँ महासागर र समुद्रहरूमा
फहराइछाड्नेछौँ ।
अब चिहानवाट
कमरेड गोन्जालो, पुष्पलाल र चारु मजुम्दारहरू उठ्नेछन् ।
इब्ना, हेलेन बोलेक, कुमारी बुढा
चुनु गुरुङ, योगमाया र कमला भट्टहरू जाग्नेछन् ।
फेरि कृष्णलालहरूले मकैको खेती लेख्नेछन्
भक्ति, लखन, भीमदत्त, थीरबम मल्लहरूले
स्वाधीनता र जनतन्त्रका लागि अर्को विद्रोह गर्नेछन् ।
दिलमाया बम्जन, तीर्थ गौतम र फत्तबहादुर स्मालीमगरहरूले फेरि
दोरम्बा र बेथान
ताकुकोट, खारा र पिली मोर्चा लड्नेछन् ।
जोन रिड, गोर्की, लुसुन
कृष्ण सेन ‘इच्छुक’ हरूले फेरि
वीरता र विजयको नयाँ इतिहास लेख्नेछन् ।
नयाँ जनादेश, जनदिशा, इस्क्रा, प्राब्धा र रातो खबरहरू ………..
सम्पादन गर्न फेरि शक्ति लम्सालहरू जन्मनेछन् ।
मस्त बिष्ट, शिव श्रेष्ठ, चुनु गुरुङ, च्याङ्बा लामा र बोलेकहरूले
समाजवाद र साम्यवादको विजयगीत अवश्य गाउनेछन् ।
सगरमाथा र बुद्धको देशबाट
कमरेड किरण, विप्लवहरूको नेतृत्वमा
संयुक्त क्रान्तिकारी रणनीतिक मोर्चा र क्रान्तिकारी पार्टीमार्फत
नरभक्षी साम्राज्यवादलाई धुलो चटाउँदै
नेपालमा मात्र हैन
दिगो शान्ति र सिङ्गै धर्तीको स्वाधीनतासहित
विश्वभरि नै सर्वहारा अन्तर्राष्ट्रियतावाद र विश्व–साम्यवादका निम्ति
रातो झन्डा फहराउँदै
रातो झन्डाको नेतृत्व नेपालबाटै गरिछाड्नेछैँ ।
कमरेड विप्लव र नेपाल कम्युनिस्ट पार्टीकै नेतृत्वमा !!!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :