जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सचिव सुशीलसहित ४ जना गिरफ्तार, बन्दको अवज्ञा गरेको भन्दै काठमाडौंमा ४ वटा गाडी ताेडफाेड

काठमाडौं: राष्ट्रघाती एमसीसी सम्झौताकाे विरुद्ध सडकमा निरन्तर आन्दोलन गरिरहेको नेतृत्व गरिरहेकाे नेपाल कम्युनिस्ट पार्टी सहितकाे ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आह्वान गरेको बन्दका क्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च समितिका केन्द्रीय सचिव सुशील बलम्पाकीसहित ४ जनालाई प्रहरीले काठमाडौंको सुकेधाराबाट गिरफ्तार गरेको छ । नेपाल बन्द गराउने क्रममा  जनगणतान्त्रिक सम्पर्क मञ्च समितिका केन्द्रीय सचिव सुशील बलम्पाकी, सम्पर्क मञ्चकै केन्द्रीय काेषाध्यक्ष नरेन्द्र थापा, केन्द्रीय सदस्यहरु जीवन बुढाथोकी, राजु कार्कीलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

सरकारले एमसीसी पास गरेपछि आन्दाेलनरत पार्टीका र माेर्चाले आन्दोलनलाई सशक्त बनाउदै नेपाल बन्द आह्वान गरेका छन् ।
यसैबीच बन्दकाे अवज्ञा गरेकाे भन्दै काठमाडौं र भक्तपुरमा २ वटा सरकारी गाडी र २ वटा नेपाल यातायात ताेडफाेड भएका छन् । नेपाल बन्दकाे अवज्ञा गरेको भन्दै बन्दकर्ताले काठमाडौंको बालकुमारीमा एउटा सरकारी गाडी, पेप्सीकाेलामा २ वटा नेपाल यातायातकाे बस र भक्तपुरको लाेकन्थलीमा एउटा सरकारी गाडी ताेडफाेड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :