राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन घेराउ

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन घेराउ

रुकुम पश्चिम : राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ ।

उक्त कार्यक्रमलाई सोम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी चन्द्र बुढाले राष्ट्रघाती एमसीसी सम्झौता संसदमा टेबल गरेर गम्भीर राष्ट्रघात गरेको बताउँदै यसलाई संसदबाट पास नगर्न चेतावनी दिए । उनले अमेरिकी साम्राज्यवादका दलालहरूले एमसीसी पास गरे नेपाली जनताहरूले कार्यान्वयन हुन नदिने र एमसीसीका विरुद्ध निर्मम सङ्घर्ष गरिने बताए । बुढाले नेपालको सार्वभौमसत्ता र अर्थराजनीतिलाई नकारात्मक प्रभाव पार्ने गरि एमसीसी सम्झौता आएको भन्दै एमसीसी नेपाली जनताको स्वतन्त्रता र स्वाधीनताविरुद्ध भएको हुँदा नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्ने उद्देश्यले एमसीसी आएकाले नेपाली जनताले स्वीकार नगर्ने बताए ।

कार्यक्रमको सञ्चालन गर्दै जिल्ला सचिवालय सदस्य मोतिराम खड्का ‘रिक्स’ ले जनसङ्घर्षका कार्यक्रममा व्यापक रूपमा सहभागिता जनाई एमसीसी खारेज गराएरै छाड्न सङ्घर्षरत राजनीतिक पार्टीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त र आमनेपाली जनताहरू एक हुनुपर्ने बताए ।

एमसीसी खारेजीको माग गर्दै केन्द्रीय कार्यक्रम अनुसार नेकपा रुकुम पश्चिमले आज पनि जिल्ला प्रशासन घेराउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :