श्रमिक समुदाय मोर्चा नेपाल नुवाकोटको बैठक सम्पन्न

श्रमिक समुदाय मोर्चा नेपाल नुवाकोटको बैठक सम्पन्न

नुवाकोट : नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल नुवाकोट जिल्लाको दोश्रो पूर्ण बैठक साङ्गठनिक योजना, सङ्घर्ष योजनासहित सानदार रूपमा सम्पन्न भएको छ ।

बैठकको अध्यक्षता श्रमिक सामुदाय मोर्चाको केन्द्रीय सदस्य तथा नुवाकोट/रसुवा जिल्ला इन्चार्ज एवम् नुवाकोट जिल्ला अध्यक्ष सर्मिला नेपालीले गरेका थिए । प्रमुख अतिथि नुवाकोट जिल्ला सेक्रेटरी सृजन, विशेष अतिथि श्रमिक समुदायका केन्द्रीय सचिवालय सदस्य तथा वागमती प्रदेश इन्चार्ज विक्रम नेपाली रहेका थिए ।

सो वैठकमा प्रमुख अतिथिले वैठकमा राष्ट्रघाती एमसीसी खारेज नगर्नु, उपभोग्य वस्तुहरूमा मूल्यवृद्धि गर्नु, भारतीय हस्ताक्षेप र ज्याददीविरुद्ध वोल्न नसक्नु, हत्या हिंसा वलत्कार लुटपाटले सिमा नाघ्नु, जातीय विभेद कायमै रहेको अझैँ पनि जातकै कारण २१ औं शताब्दीमा आएर पनि शिकार हुनु राज्य मौन वस्नु जस्ता जघन्य सामाजिक अपराधले यस संसदीय व्यवस्थाको र सरकारको वास्तविक रुप उदाङ्गिएको र यसको अर्थ दलाल पुँजीवादीको रवैया देखिन्छ र हो पनि ? भन्दै अब एकीकृत जनक्रान्तिमा गोलबन्द हुँदै वैज्ञानिक समाजवाद आवश्यक रहेको भन्दै जनताको व्यवस्था ल्याइछाड्ने बताए । बैठकमा उपस्थित सम्पूर्ण कार्यकर्ताले रिपोर्टिङसहित एकीकृत जनक्रान्तिको दिशामा अघि बढ्ने प्रतिबद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :