एमसीसी विरुद्धको कार्यक्रमलाई प्रभावकारी बनाउन कास्कीमा संयुक्त मोर्चाको बैठक

एमसीसी विरुद्धको कार्यक्रमलाई प्रभावकारी बनाउन कास्कीमा संयुक्त मोर्चाको बैठक

कास्की : नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र २ मोर्चाको बैठक नेकपा कास्कीको जिल्ला कार्यालय पृथ्वीचोकमा बसेको छ । बैठकले अमेरिकन परियोजना एमसीसीलाई नेपाल सरकारले संसदीय अनुमोदनका लागि संसद्‌मा प्रस्तुत गरेपछि त्यसको विरोधमा घोषणा भएको देश व्यापी आन्दोलन र सङ्घर्षका कार्यक्रमहरूलाई जिल्लामा प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै जिल्लाका सबै राष्ट्रवादी, देशभक्त प्रगतिशील जनता, नागरिक समाज, बुद्धिजीवी सबैलाई राष्ट्रघातका विरुद्धमा उभिन अपलि गर्ने निर्णयसमेत गरेको प्राप्त समाचारमा जनाइएको छ ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’, राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका गण्डकी प्रदेश संयोजक विनोद सोनाम, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला प्रतिनिधि मनिष भट्टराई, माओवादी केन्द्र समाजवादीका भोजराज त्रिपाठी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :