युवा संगठन कञ्चनपुरद्वारा संघीय सांसदलाई एमसीसी विरुद्धमा मतदान गर्न आग्रह

युवा संगठन कञ्चनपुरद्वारा संघीय सांसदलाई एमसीसी विरुद्धमा मतदान गर्न आग्रह

कञ्चनपुर : नेकपा विप्लव निकट युवा संगठन नेपाल कञ्चनपुरले एमसीसीविरुद्ध उभिन कञ्चनपुरका प्रतिनिधि सभा सदस्यलाई सुझाव पत्र पठाएको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्ट, २ का सांसद नरबहादुर धामी, १ का सांसद विना मगरसहित सांदसहरू निरु देवी पाल र बिना बुढाथोकीलाई सुझाव पठाएको हो ।

सांसद भट्टको घरमा पुगेर संगठनको नेतृत्वले उनको परिवारमार्फत सुझाव पठाएका छन् । त्यसैगरी अन्य सांसद सबै सांसदको मेसेन्जरबाट सुझाव पठाइएको छ ।

विप्लव नेतृत्वको नेकपा एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै खारेजीका लागि सडक आन्दोलनमा उत्रिएको छ । सुझाव पत्रमा सांसदहरूलाई राष्ट्रघाती सम्झौता एमसीसीको विपक्षमा उभिनेमा विश्वस्त रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :