कृष्णवीर विश्वकर्माप्रति श्रमिक समुदाय मोर्चाको श्रद्धाञ्जली

कृष्णवीर विश्वकर्माप्रति श्रमिक समुदाय मोर्चाको श्रद्धाञ्जली

काठमाडौँ : श्रमिक समुदाय मोर्चा नेपालले मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माका साइँला दाजु कृष्णवीर विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । मोर्चाका महासचिव त्रिलोचन विश्वकर्माले फागुन २ गते शोक वक्तव्य जारी गरी कृष्णवीरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रामलाललगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो गौरवशाली मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माका आदरणीय साइँला दाजु श्री कृष्णवीर विश्वकर्माको यही २०७८ साल फागुन १ गते बेलुका ६ बजे दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नं. ४ सेरीस्थित आफ्नै घरमा ५७ वर्षको उमेरमा भएको असामयिक दुःखद् निधनको खबरले हामी अत्यन्तै मर्माहत भएका छौँ । आदरणीय दाजुप्रति हाम्रो मोर्चा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकको यस दुःखद् घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनाका साथ हार्दिक समवेदना प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :