नेपाल बन्दको दिन कैलाली र कञ्चनपुरमा आन्दोलनकर्ताले जलाए टायर

नेपाल बन्दको दिन कैलाली र कञ्चनपुरमा आन्दोलनकर्ताले जलाए टायर

कञ्चनपुर : नेपाल बन्दलाई प्रभावकारी बनाउन कञ्चनपुरको महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्गमा र उता कैलालीको धनगढी क्याम्पस रोडमा टायर बालेको छ । अमेरिकी सहयोग एमसीसी परियोजना देश र जनताको हित विपरीत रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी लगायत ६ मोर्चाद्वारा फागुन ४ गते बन्दको घोषणा गरिएको छ । सोही बन्दलाई प्रभावकारी बनाउन आन्दोलनकर्ताहरूले बिहानै राजमार्गमा टायर बालेर बन्दको सङ्केत जनाएका छन् ।

यसरी देशैभरि राजमार्गहरू अवरुद्ध गर्न र बन्दको आह्वानलाई प्रभावकारी बनाउन बन्दकर्ताहरूले विभिन्न गतिविधिमार्फत सचेतना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :