फागुन

कविता

टाढाको कार्यक्षेत्रबाट
घरको लामो सम्झना र
छोटो बिदा बोकेर
प्रत्येक वर्ष
घर भेट्न आउने जनमुक्ति सेनाको सीपाहीझैँ
मुक्त आधारइलाकाको असीम प्यार बोकेर
झोलाभरि
जनयुद्ध दिवसको रातो उपहार बोकेर
छातीभरि विजयको गर्व बोकेर
मनभरि उत्साह–उमङ्ग बोकेर
घुम्दै–फिर्दै
तोप पड्काएर, आकाश घन्काएर
फुकेर नयाँ–नयाँ विगुल
हरेक वर्ष एकपटक
आउँछ यहाँ फागुन ।

सर्वहारा वर्गको
वार्षिकोत्सवको गीत गाउँदै
शीतल पवन र वसन्त लिएर
रूख–पातहरूले नयाँ पालुवा फेरेझैँ
देशको नयाँ पालुवा लिएर
जनगायकले गाएको गीत–सङ्गीतझैँ
मीठो तरङ्ग लिएर
सब मानवलाई
होस्टेमा हैँसे गर भन्दै
देशले फेरि कम्मर कसेको सन्देश दिँदै
लिएर विभिन्न रक्तिम सगुन
हरेक वर्ष एकपटक
आउँछ यहाँ फागुन ।

लामखुम बिहुँकोट बागलुङ, २०६१

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :