जनयुद्ध दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरमा दीप प्रज्वलन

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरमा दीप प्रज्वलन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी कञ्चनपुरले २७ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरेको छ । उक्त दीप प्रज्वलन जिल्लाको महेन्द्रनगर बजारमा गरेको हो ।

सो दीप प्रज्वलन कार्यक्रममा महान जनयुद्ध जिन्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, एमसीसी खारेज गर लगायतका विभिन्न नारा लगाउँदै कार्यक्रम समापन भएको थियो ।

सङ्गठनका केन्द्रीय सचिव, प्रदेश इन्चार्ज लगायत जिल्ला सङ्गठनका विद्यार्थीहरू सहितको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो । यसैगरी नेकपाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा देशैभरि विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाईंदै छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :