महासचिव विप्लवद्वारा मोतीलाल घर्तीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट

महासचिव विप्लवद्वारा मोतीलाल घर्तीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ की जीवनसँगिनी हरिकला घर्तीका बुबा मोतीलाल घर्तीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

महासचिव विप्लवले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य क. सन्तोष बुढामगर ‘विषम’ की जीवनसँगिनी नेकपाकी पार्टी सदस्य क. हरिकला घर्तीका मुसीकोट नपा वडा नं ९, हिल, पश्चिम रुकुम निवासी ९३ वर्षीय बुबा मोतीलाल घर्तीको यही माघ २१ गते बेलुका निवासमै भएको निधनले हाम्रो पार्टीलाई मर्माहत बनाएको छ । हाम्रो पार्टी मोतीलाल घर्तीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र क. विषम, क. हरिकलालगायत शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’

१९८६ साल साउनमा रुकुमको मुसीकोट नपा वडा नं ९, हिलमा जन्मिएका मोतीलाल घर्तीका चार छेरी छन् । नेकपा नेता विषमकी जीवनसँगिनी हरिकला मोतीलालकी साइँली छोरी हुन् । मौसमी भाइरल ज्वरोका कारण मोतीलालको घरमै निधन भएको हो । शोक वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :