विद्रोहमा ?

कविता

दबाइएका दलितहरू खै त गाको बिद्रोहमा ?
मुक्ति दिने बाटो खोज्दै खै त आको बिद्रोहमा ?

नरोएमा बच्चाले नि दुध पाउँदैन भने जस्तै,
आफ्नो हक खोसी लिन खै त छाको बिद्रोहमा ?

महिला, दलित, जनजाति आदि सबै उत्पीडित,
वर्गीय मुक्ति ल्याउन सरिक खै त भाको बिद्रोहमा ?

अचानाको पिर कहकका हुन्छ थाहा बन्चरोलाई ?
नेतृत्वमा पुग्नलाई खै त धाको बिद्रोहमा ?

भुल्नु हुन्न धोके बाजले कसम खाको बिद्रोहमा,
वर्गीय मुक्ति दिने झुटो माया लाको बिद्रोहमा ।

वीरेन्द्रनगर–१, सुर्खेत

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :