सम्भावना निश्चित छ

कविता

सम्भावना निश्चित छ

सम्भावना निश्चित छ, हिम्मत गरौँ
आऊ जुटौँ ए युवा शक्तिहरू जाग्ने बेला आएको छ
नयाँ पुस्ताले नै अब देश हाँक्ने बेला आएको छ
उठौँ श्रमिक, उत्पीडित वर्ग आफ्नो अधिकार खोजौँ
जुटौँ एकीकृत जनक्रान्तिमा, वैज्ञानिक समाजवाद रोजौँ ।

मानिस बदलिनुभन्दा पहिले उसको सोचाइ बदल्नुपर्छ
परिवर्तन नै चाहन्छौँ भने नयाँ खोज बदल्नुपर्छ
उल्टो बहेको छ हावा बेस्सरी त्यो पनि प्रदूषित बनेर
इतिहासको उल्टो गतिलाई सुल्टाउनुछ, सबै एक भएर ।

गन्तव्यलाई टाढा नसोचौँ, यात्रा बीचैमा छोड्नु हुन्न
प्रतिगामीलाई ढलाउनैपर्छ, बाटो अन्तै मोड्नु हुन्न ।
असम्भव यहाँ के छ र आँट गरौँ लक्ष्यमा हामी पुग्नेछौँ
नकमाउनू खुट्टा, नडराउनू दुस्मनको शिर अवश्य झुक्नेछ ।

रोइरहेछ सहिदको सपना देशको हितमा अझै लडौँ
सराप्नेछ मातृभूमिले यसलाई बचाउन अघि बढौँ ।
परिवर्तनशील छ समय हिम्मत गरौँ साच्चै अघि बढ्नु छ
नरोकियून कतै ती पाइलाहरू क्रान्तिको शिखर चढ्नु छ ।

कोरोनाभन्दा पनि खतरा बन्दैछन् पुँजीवादी रोगहरू
दिन–प्रतिदिन भयावह बनाइरहेछन् ती सामन्तीले ।
नबसौँ चुप लागेर अब सबै जनता एकजुट होऔँ
नष्ट गरिदिनुपर्छ यसलाई एकीकृत जनक्रान्तिले ।

वैज्ञानिक समाजवाद स्थापना र भ्रष्टाचारको अन्त्य गर्न
एकीकृत जनक्रान्तिसँगै सङ्घर्षको निरन्तर प्रहार हुनेछ ।
हरेक टोल, गाउँ, बस्ती, सहरबाट एकसाथ जनता उठेपछि
दलाल पुँजीवादी संसदीय व्यवस्थाको अवश्य हार हुनेछ ।

सिन्धुपाल्चोक ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :