अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ चितवनको भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ चितवनको भेला सम्पन्न

चितवन : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको तीन महिने मजदुर जागरण अभियानको क्रममा अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको जिल्ला भेला विरेन्द्र कलेजको चौरमा सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको छ । भेलाले सोम तामाङको सयोजकत्वमा २५ सदस्यीय जिल्ला कमिटीसमेत गठन गरेको छ ।

उक्त भेलाका प्रमुख अतिथि नेकपा चितवनका विशेष समिति सदस्य ध्रुवले अवसरवाद, ट्रेड युनियनवाद, अर्थवादले मजदुर आन्दोलन इतिहासमै क्षतविक्षत अवस्थामा रहेको र यसलाई सङ्गठित गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने बताए ।

कार्यक्रम अनेक्रा महासंघ इन्चार्ज हुकुम, नेकपा १० का वडा इन्चार्ज रमेश, २ वडा इन्चार्ज कुमार लगायतले बोलेका थिए । नारायण खनालको अध्यक्षतामा कार्यक्रमको सञ्चालन महासंघ सयोजक ओम लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :