इलाममा युवा अभियान, सहिद समाधी स्थल सरसफाई र सङ्गठन निर्माण

इलाममा युवा अभियान, सहिद समाधी स्थल सरसफाई र सङ्गठन निर्माण

इलाम : युवा सङ्गठन नेपालद्वारा सञ्चालित “जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान ०७८” इलाममा भव्य ढङ्गले चलिरहेको छ । इलामको चुलाचुलीबाट सुरु भएको यो अभियान माई नगरपालिका हुँदै इलामको रोङ्ग गाउँपालिकामा आइपुगेर अभियानका बिभिन्न गतिबिधि गरेर इलामको सुर्योदय तर्फ प्रबेश गरेको छ ।

२ नम्बर अभियान टिमका प्रमुख दिपको नेतृत्वमा इलामको रोङ्ग आएको अभियान टिमले जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता पारिएका अखिल (क्रान्तिकारी) का तात्कालिन केन्द्रीय सदस्य योद्धा कटक साम्पाङ राइलाई गोली हानी हत्या गरिएको र दफनाइएको स्थलमा गएर सरसफाई गर्नुका साथै उहाँको योगदानको चर्चा गर्दै असिम स्मरण र सम्झना ब्यक्त गरेको छ । उक्त स्थानमा बोल्दै टिम प्रमुख दिपले एकीकृत जनक्रान्तिमा सहिदको सपनालाई जोड्नुपर्ने बताए । उनले इलाम जिल्लाका पार्टी कार्यालय सचिव अबिनासले कटक इलामले जन्माएको देशको सम्पत्ति भएको बताए ।

त्यस्तै रोङ्गकै अर्का सहिद किसान श्रेष्ठको समाधी स्थलमा पुगेर सरसफाई र श्रद्धाञ्जली कार्यक्रमसमेत अभियान टोलीले सम्पन्न गरेको छ । उक्त श्रद्धाञ्जली कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज मदन गजमेर ‘बिद्रोही’ ले बोलेका थिए ।

सोही दिन रोङ्गमै अभियान टोलीले सात सदस्यीय एक पार्टी सेल कमिटी पनि गठन गरेको छ । सहिद सुरेन्द्र राइको भाइ भुपेन्द्र राइको नेतृत्वमा सात सदस्यीय कमिटी गठन गरिएको हो । सहिद सुरेन्द्रको सिङ्गो परिवार नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएको छ । ध्रुवीकरणमा बोल्दै भुपेन्द्रले भने, ‘हामी जहिलै क्रान्तिको पक्षमा भएकाले यतिबेला हामी एकीकृत जनक्रान्तिमा समाहित हुनैपर्ने तर्क राखे । उनले इलामका सबै सहिद परिवार अब एकीकृत जनक्रान्तिमा ध्रुवीकृत हुने बिश्वास ब्यक्त गर्दै अपिलसमेत गरे ।

अभियान टोलीले व्यापक भित्तेलेखनसमेत गरेको छ । नो एमसीसी, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद स्थापना गरौँ, जनमतसङ्ग्रहको घोषणा गर जस्ता नाराहरू समेत लेखिएको छ । अभियान टिमले शान्तिपुरमा नाँचगान गरेर मनोरञ्जनसमेत गरेको अभियान टोलीमा खटिएका सङ्गठनका केन्द्रीय सदस्य गोबिन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :