नेकपा डोल्पाको जिल्ला पार्टी कार्यालयको उद्घाटन

नेकपा डोल्पाको जिल्ला पार्टी कार्यालयको उद्घाटन

डोल्पा : नेपाल कम्युनिस्ट पार्टी डोल्पाले जिल्ला पार्टी कार्यालय उट्घाटन गरेको छ । जिल्ला सेक्रेटरी धमिलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि मुड्केचुला गाउँपालिका कालिकामा रहेको सहिद स्मृति भवनमा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।

सेक्रेटरी धमिलले संसदीय व्यवस्था असफल भएकाले जनताको मुक्तिको लागि वैज्ञानिक समाजवादमा जानुपर्ने बताए । उनले त्यसका लागि व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने र जनमतसङ्ग्रहको चुनाव गर्नुपर्ने बताए । धमिलले पद, प्रतिष्ठा, गुट र लुटको दलदलमा फसेको संसदीय व्यवस्थाको चुनाव प्रणाली खारेज गर्नुपर्ने धारणा राखे । जनतालाई दुःख दिने, भ्रष्ट नेतालाई जनताले गाउँगाउँबाट लखेट्नुपर्ने भन्दै उनले जनताले अब पनि संसदीय चुनावमा भोट हाल्दा आफ्नो खुट्टामा आफैँ बन्चरो हानेसरह हुने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुख अङ्कको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज सागरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :