बलिदानको मूल्य समाजवादी संस्कृति निर्माणको महत्वपूर्ण आधार हो : सुमनसिंह

बलिदानको मूल्य समाजवादी संस्कृति निर्माणको महत्वपूर्ण आधार हो : सुमनसिंह

इलाम : युवा सङ्गठन नेपालले सञ्चालन गरेको केन्द्रीय अभियानको एक टोली इलाममा पुगेको छ । इलाममा अभियान सञ्चालन गरिरहेको टोलीमा हिडिरहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहले बलिदानको मूल्य समाजवादी संस्कृति निर्माणको महत्वपूर्ण आधार भएको बताएका छन् । आज इलामको रोङ्ग गाउँपालिकामा पर्ने शान्तिपुर गाउँमा रोङ्ग गाउँपालिकाबाट बलिदान गर्ने सहिदहरूको नाम एक सार्वजानिक स्थलमा स्थापित गर्दै उनले उपस्थित युवाहरू र जनताहरूको बीचमा सो कुरा बताएका हुन् । उनले युवा अभियानको यो जागरण पुर्वको सन्दर्भमा आफ्नो पार्टीलाई नयाँ उचाइँको सश्लेषण गर्ने महत्वपूर्ण सन्दर्भ हुनसक्ने समेत बताएका छन् ।

इतिहासमा भएका हरेक बलिदान अधिकार र मुक्तिको खातिर भएपनि शासक वर्गले तिनै बलिदानहरूको मूल्यलाई आफ्नो अध्यात्मकवादी, पुँजीवादी दृस्टिकोणद्वारा जनतालाई सोषण गर्ने संस्कृति निर्माण गरेको यो परिवेशमा सच्चा कम्युनिस्टहरूले सचेतता पुर्वक बलिदानको मूल्यलाई नयाँ उचाइँमा उठाउनुपर्ने बताए । उनले बलिदानको मूल्यसँग वैज्ञानिक समाजवादको सपना जोडिएको हुनाले ती सपनाहरूलाई जिवन्त राखेर सर्वहारावादी संस्कृति निर्माण गर्न सकिने भएको हुनाले सहिदहरूको सपना र मूल्यको चर्चा गर्ने स्थलहरू निर्माण गर्न अनिवार्य भएको बताए ।

उनका अनुसार इलामको माई नगरपालिकामा सहिद स्मृति प्रतिक्षालय निर्माण कार्य सुरु भएको, रोङ्ग गाउँपालिकामा पनि एउटा पार्क निर्माणकै लागि आज सहिदहरूको नाम सहितको स्थल स्थापना गरिएको बताए । उनले भने, ‘अब इलामको हरेक पालिकामा पहिलो चरणमा यस्ता निर्माण कार्यको सुरुवात हुने छ । नेकपाका स्थानिय नेता कार्यकर्ता, स्थानिय सहिद परिवार, क्रान्तिकारी जनता र सहयोगीहरूसहित हरेक ठाउँमा सहिद स्मृतिमा निर्माण कार्यको थालनी गर्ने आफ्नो पार्टीको योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :