अखिल नेपाल शिक्षक सङ्गठन अछामको बैठक सम्पन्न

अखिल नेपाल शिक्षक सङ्गठन अछामको बैठक सम्पन्न

अछाम : अखिल नेपाल शिक्षक सङ्गठन अछामले सातौँ जिल्ला सम्मेलन आयोजक कमिटीको सम्मेलन तयारी बैठक सम्पन्न गरेको छ । शनिबार जिल्लाको कमलबजारमा बैठक सम्पन्न गरेको हो । तयारी बैठक सम्मेलन सफल गर्ने विषयमा विविध निर्णय गर्दै सम्पन्न भएको थियो ।

बैठकले पुस २३ गते पुँजीवादी शिक्षा प्रणाली अन्त्यका लागि हाम्रो आन्दोलन समाजवादी शिक्षा प्रणाली स्थापनाका लागि सातौँ जिल्ला सम्मेलन भन्ने मुल नाराकासाथ जिल्लाको सदरमुकाम मङ्गसेनमा सम्मेलन गर्ने निणर्यसमेत गरेको छ ।

बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सचिव तपेन्द्र तिमिल्सिना, विशिष्ट अतिथि अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य प्रदिप जैसी रहेका थिए भने अध्यक्षता जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक बलबहादुर कठायतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :