क्रान्ति भनेको दुई वर्ग बीचको लडाइँ हो : प्रकाण्ड

क्रान्ति भनेको दुई वर्ग बीचको लडाइँ हो : प्रकाण्ड

दैलेख : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी बन्दै गएकाले संसद्‌वादीहरू आत्तिएको बताएका छन् । नेकपा जिल्ला समिति दैलेखको राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई बुधबार दैलेखमा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले उक्त कुरा बताएका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्डले क्रान्ति जित्नका लागि क्रान्तिकारी विचार, राजनीति र नेतृत्वको टिम इमान्दार श्रमजीवी वर्गप्रति प्रतिबद्ध हुनुपर्ने बताए । साथै उनले त्यो टिम अहिले नेकपामा देखेकाले संसद्‌वादीहरू आत्तिएको टिप्पणी गरे । प्रवक्ता प्रकाण्डले भने, ‘प्रचण्डले विचार र राजनीतिमा कमजोरी गरेकाले, वर्ग विर्सिएकाले र जनताप्रति इमान्दार नभएकाले जितिसकेको १० वर्षीय जनयुद्ध प्रतिक्रान्तिमा पुग्यो । क्रान्ति भनेको दुई वर्ग बीचको लडाइँ हो ।’ उनले जनताको नेता आफ्नो वर्गप्रति इमान्दार हुनुपर्ने बताए ।

प्रवक्ता प्रकाण्डले पार्टीले एमसीसीविरुद्ध देशभर ठुलो आन्दोलन गरेको र त्यो देशभर सकरात्मक प्रभाव परेको जिकिर गरे । उनले अहिलेको मुख्य समस्या राज्य व्यवस्थाको चरित्र मुठ्ठीभर दलालहरूको हातमा भएको र जसले गर्दा राष्ट्रघात र जनघातहरू बढिरहेको ठोकुवा गरे । नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको भन्दै प्रवक्ता प्रकाण्डले त्यसको ठाउँमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यसका लागि तत्काल पार्टीेले जनमतसङ्ग्रहको चुनावको विकल्प आगाडि सारेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :