नेकपा इलामले सहिद स्मृति प्रतिक्षालय निर्माण गर्दै

नेकपा इलामले सहिद स्मृति प्रतिक्षालय निर्माण गर्दै

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामले सहिद स्मृति प्रतिक्षालय निर्माण कार्य थालेको छ । सानो पार्कसहित उक्त प्रतिक्षालय बन्न लागेको हो । इलामस्थित माई नगरपालिकाको शितली बजारदेखि नजिकै चियाबारी शितल ताप्ने ठाउँमै प्रतिक्षालय निर्माण हुन लागेको हो ।

युवा अभियानका अभियान्ता र पार्टीका नेताकार्यकर्ताहरूको संयुक्त श्रमदानमा निर्माण प्रारम्भ भएको प्रतिक्षालय पूर्ण रुपमा सम्पन्न हुँदासम्म श्रमदानसहित ४ लाख जति खर्च हुनसक्ने पार्टीका केन्द्रीय सदस्य तथा इलामका इन्चार्ज सुमनसिंहले बताए । उनले यस निर्माण कार्यलाई पार्टीले आन्तरिक उत्पादन र सहयोगीहरूको सहयोगद्वारा सम्पन्न गर्ने जानकारी दिए ।

प्रतिक्षालय निर्माण कार्यमा पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य होम खतिवडा, जिल्ला सेक्रेटरी मौसम, माई नगरपालिका इन्चार्ज अर्जुन गोतामे, जिल्ला सदस्य तथा सहिद परिवारका बिमल आचार्य, युवा अभियानका प्रमुख दिप लगायतको उपस्थिति रहेको थियो भने उपस्थित सबैले श्रमदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :