ठेकेदारले मनोगत ढङ्गबाट सडक विस्तार गरेकोमा, स्थानीयलाई सास्ती

ठेकेदारले मनोगत ढङ्गबाट सडक विस्तार गरेकोमा, स्थानीयलाई सास्ती

कञ्चनपुर : महाकाली कोरिडोर ब्रम्हदेब झुलाघाट दार्चुला तिङ्कर सडकखण्ड अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका स्थानीयहरूले ठेकदारले मनोगत ढङ्गले जनताको धन सम्पत्तिको ख्यालै नगरी आग्रह पूर्वाग्रह राखी सडक विस्तारको काम अघि बढाएको आरोप लगाएका छन् । जुन सडक विस्तारको कारण स्थानीयको जनजीवनमा सास्ती खेप्नु परेको देखिन्छ ।

आफूहरूको गाउँबस्तीमा विकास हुनु सकारात्मक पक्ष रहेको तर गाउँबस्तीमा जनताको घर, आवास नै नरहने गरी मर्यादा विपरीत गएर सडक विस्तारको काम अघि बढाउन चाहीँ दुःखद् रहेको स्थानीय पीडितहरूले बताए । कम नोक्सानी हुने गरी, जमीन, घर जोगाएर सडक विस्तार गर्नुपर्ने स्थानीयहरू बताउँछन् । पीडित महादेवसिंह ठगुन्नाले आफू २०६६ सालमा दार्चुला जिल्लाबाट बाढी पीडित भएर यता आएको र अहिले सरकारका निकायले नै विकासका नाममा आफ्नो घर, जमीन तहसनहस हुन लागेको प्रति उहाँले दुखेसो पोखे । पहिलो पल्ट सर्भे एक ठाउँमा गरेको र अहिले अर्को ठाउँबाट सडक निर्माण गरिरहेको हुँदा आफ्नो जमीनमा सडक परेको उनी बताउँछन् । अर्का स्थानीय राजेन्द्र टमाटाले नक्सा भन्दा बाहिर सडक ल्याएर आफ्नो घरखेत सडकमा पारिएको बताए । ‘यो सडक पश्चिम भएर जानुपर्ने हो, ‘उनले भने, ‘बढिपुर्वतिर तानेर मेरो घरखेत नै नासिदियो ।’ उनले घर, जमिनको क्षतिपूर्ति समेत दिनुपर्ने माग अघि सारे । त्यसै गरी स्थानीय पीडितहरू धन बहादुर वड, वीर सार्की, अमरबहादुर मगर, राम पुन मगर, राई सिंह धामी लगायतका अन्यहरूले पनि आफूहरूले विकासलाई रोक्न नखोजेको तर हाम्रा पिरमर्कालाई सम्बोधन गरिदिनु पर्ने उनीहरूको भनाई थियो ।

त्यसैगरी वडा नं. ९ वडा अध्यक्ष राम नाथले भने, “मैले पनि जनताको जनगुनासो पाइसके पछि सडक निर्माणसँग सम्बन्धित व्यक्तिहरूलाई बोलाएर छलफल गर्दा उनीहरूले आफूहरू नीति र प्रक्रियाको नमुना भित्र रहेको बताउँथे र यसमा भएको पनि यै देखिन्छ । जहाँसम्म पनि राहत र क्षतिपूर्तिको कुरा छ त्यसका लागि सम्बन्धित निकायसँग पहल, सहकार्य समन्वय गर्न वडा कार्यालय तयार रहेको उनी बताउँछन् । महाकाली कोरिडोर ब्रम्हदेब झुलाघाट दार्चुला तिङकर सडकखण्डमा आबद्ध ठेकेदार विनोद भट्टले आफूले विभागले दिएको नक्साको अनुसारले सडक विस्तार भइरहेको बताए । अहिले आएर हामीले नक्सा भन्दा बाहिर अवैधानिक तरिकाले सडक निर्माण गर्न मिल्दैन किनकि अर्काै ठाउँ फेरि अर्को मान्छेले विरोध गर्ला त्यसैले जो अहिले सम्भव नरहेको ठेकेदार विष्टको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :