नेकपा डोटीको १४ औँ पूर्ण बैठक सम्पन्न

नेकपा डोटीको १४ औँ पूर्ण बैठक सम्पन्न

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटीको समीक्षात्मक १४ औँ पूर्ण बैठक शिकार नपा ७ न.वडा लाटामाण्डौँ डोटीमा सम्पन्न भएको छ ।

सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डबलबहादुर शाह ‘प्रशान्त’ ले पार्टीले तत्कालिन रुपमा उठाएको एजेण्डा प्रगतिशील सरकार गठन गरी जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि व्यापक जनसमुदायमा लैजानुपर्ने र जनसमुदायमा भइराखेको अनियमिता र भ्रष्टाचारको व्यापक रुपमा भण्डाफोर गर्नुपर्ने बताए ।

जिल्ला बैठकले जनमतसङ्ग्रहको लागि सङ्गठन तथा जनसमन्ध एक महिने अभियान सञ्चालन गर्ने र सदस्य वितरण गर्ने, वडा, गाँउपालिका र नगर अधिवेशनहरू गर्ने निर्णयहरू गरेको छ । सो बैठकको सञ्चालन तथा अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी जिल्ला सेक्रेटरी निलम ओली ‘ध्रुव’ ले गरेका थिए भने केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डबलबहादुर शाह ‘प्रशान्त’ को बिशेष उपस्थिति रहेको थियो ।

उक्त बैठकमा सम्पूर्ण जिल्ला सचिवालय सदस्य र सदस्यहरूले आ–आफ्नो क्षेत्रको समीक्षात्मक रिपोटिङसँगै पार्टीलाई सल्लाह सुझाब दिने कार्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :